सौन्दर्य प्रतियोगिता : सशक्तीकरण र वस्तुकरणको तानातानमा तङ्ग्रिरहेको विश्वव्यापी पितृसत्तात्मक पुँजीवाद
बिभूषणा पौड्याल जब जब सौन्दर्य प्रतियोगिताको विरोधको आवाज आउँछ, तब तब एउटा आलोचनात्मक तर्क आउँछ, जुन एकदम सही पनि हो, कि सौन्दर्य प्रतियोगिताले महिलाको वस्तुकरण गर्यो । प्रायजसो यस वस्तुकरणको विषयलाई सिधै लगेर जोडिन्छ, छोटो लुगा र अङ्ग प्रदर्शनसँग । केही हदसम्म यो तर्क पनि सही होला । तर यदि केही गरी सौन्दर्य प्रतियोगिताको विरोध...