संविधानको रक्षाका लागि आगामी निर्वाचन महत्वपूर्ण छ: पम्फा भुसाल
काठमाडौंः लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले राजनीतिक स्थायित्वका साथै संविधानको रक्षाका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन् । शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको ९औं वार्षिक साधारणसभामा बोल्दै भुसालले संसदलाई पुरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको...