September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

काठमाडौं विश्वविद्यालयमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ बैशाख २३

332

काठमाडौंः काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन काठमाडौं विश्वविद्यालय ब्युरो र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा श्रमिकहरुको हालको अवस्था र उनीहरुमाथि भईरहेको शोषण लगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी कार्यक्रममा कविताहरु वाचन गरिनुका साथै हाल नेपालमा बढिरहेको मिटरब्याज समस्याको विषयमा पनि छलफल भएको थियोे । साथै कार्यक्रममा श्रमिकमाथि भईरहेको शोषणलाई झल्काउने विभिन्न समाचार तथा तथ्याङ्कहरुलाई छापेर प्रदर्शन समेत गरिएको थियो ।