September 12, 2024, Thursday
२०८१ भाद्र २८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
रकमराज तामाङ

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोज ३ देखि ५ सम्म हुने

२०८१ भाद्र १४

362

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलन यही असोज ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रेस विज्ञप्ति वाचन गरी उक्त कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रममा सम्मेलनको मिति सार्वजनिक गर्नुका साथै पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो तथा नाराहरुसमेत सार्वजनिक गरिएको थियो । सम्मेलनको प्रारम्भ सत्र विशाल जनप्रदर्शनसहित काठमाडौंको भृकुटीमण्डपमा हुने र बन्द सत्र भने भक्तपुरको बोडेमा सञ्चालन गरिने पार्टीले जनाएको छ ।

यसअघि २०७८ चैत्रको १७, १८ र १९ मा प्रथम राष्ट्रिय भेला सम्पन्न गरेको उक्त पार्टीले पार्टीको कार्यदिशामा प्रारम्भिक फड्को मार्दै पार्टीको विचारधारात्मक तथा संगठनात्मक मार्गदर्शनलाई अझ स्पष्ट र सुदृढ बनाउँदै नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको वैचारिक एवं सङ्घठनात्मक रणनीति विकास गर्ने लक्ष्यसहित प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको पार्टीका सचिवालय सदस्य सुरेन्द्र लुइटेलले बताएका छन् ।

सम्मेलनमा देशैभरका ७७ वटै जिल्लाहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहने र सबै उत्पीडित वर्ग एवं समुदायको निर्णायक प्रतिनिधित्व रहनेसमेत पार्टीले जनाएको छ ।