September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

नयाँ गीत ‘उठौ हामी सबै’ सार्वजनिक

२०७९ आश्विन १

500

काठमाडौंः वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको नयाँ प्रगतिशील गीत सार्वजनिक भएको छ ।

थाहायात्रा युट्युव च्यानलमार्फत शुक्रवार साँझ सार्वजनिक भएको यो गीत त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको हो । संगीत संयोजनमा शिवसङ्गम राइ समेतको भुमिका रहेको गीतमा पार्वती राई, शिवसंगम राई, मेनुका राई र राजकुमार हिङमाङको स्वर रहेको छ भने गीतको एरेन्ज÷मिक्सको काम सुन्दर लामाले गर्नुभएको छ ।

गीतले वैज्ञानिक समाजवादी क्रान्ति यात्रामा सहभागी हुन महिलादेखि युवा–विद्यार्थी, मजदुर–किसान, दलित–जनजाती सबैलाई आव्हान गर्दै अन्याय, अत्याचार र बेथितीका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने भाव सिर्जना गरेको छ । संगै गीतले संसारभरीका सबै श्रमजीवीहरुलाई समेत श्रमजीविहरुको आफ्नै व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागी एकजुट हुनुपर्ने कुरामा जोड दिएको छ ।