September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सिमानामा भारतको दादागिरी,नेपाल सरकार मौन

२०७९ मंसिर १९

522

काठमाडौंः दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले एकपक्षीय रुपमा बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नै नभएको जनाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमानाको पुल खोलिएको थियो तर भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको उनको भनाइ छ।

 

भारततिर कुनै कार्यक्रम हुन सक्ने तर त्यसको कुनै जानकारी नआएको उनले बताए । हिजो भारतीय पक्षले महाकालीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धलाई रोक्न माग राख्दै स्थानीय बङ्गाबगरबासीले आक्रोशमा दुई घण्टा पुल बन्द गरेका थिए । स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा नभएको उनले बताएका छन् ।

पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा रहेका छन् ।