September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

नेवार समुदायमा ज्यापु दिवस र योमरी पुन्हीको उल्लास

२०७९ मंसिर २२

412

काठमाडौँः १९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएका समुहहरूको सांस्कृतिक र्‍याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ ।

नेवार समुदायमा आज बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाइएको छ । केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी ‘मनपरेको रोटी’ रहेको पाकाहरू बताउँछन् । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ । चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार नै योमरी हो ।