September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

नेपालमा सुनको मुल्य प्रतितोला १ लाख नाघ्यो

२०७९ मंसिर २३

308

काठमाडौंः नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको हो ।

हिजो प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो ।