काठमाडौं: राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई आफ्नो अभिव्यक्ति सच्याएर आत्मालोचना गर्न अनुरोध गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले उक्त अनुरोध गरेको हो । `धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै `बल होइन बुद्धि लगा चमारे बुद्धि । ´ भन्ने अभिव्यक्ति प्रति राष्ट्रिय दलित आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । ´ विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्ति: