September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

अध्यादेश प्रमाणीकरणको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्धारा माइतिघरमा प्रदर्शन

२०७९ पुष १

398

काठमाडौंः मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश प्रमाणीकरणको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले काठमाडौंको माइतिघरमा धर्ना दिएको छ । विभिन्न समूहसंग सरकारले गरेको सहमति कार्यान्वयनका लागि सरकारले अध्यादेश ल्याएपनि प्रमाणीकरण नभएको भन्दै सो पार्टीले धर्ना दिएको हो ।

प्रदर्शनमा सहभागीहरुले  न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ, जनताका लागि लडेको जेलमै सड्नु परेको, मानवताको अधिकार, हाम्रो पनि अधिकार, चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष पठाए पनि जारी हुन सकेको छैन । अध्यादेश प्रमाणीकरण गर्नुपर्ने भन्दै थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, नागरिक उन्मुक्ति पार्टी लगायतले दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।