September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

पेट्रोल लिटरमा ९१ रुपैयाँ नाफा लिँदा ३ रुपैयाँ घटायो आयल निगमले

२०७९ पुष १

496

काठमाडौँः नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ , ३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८, डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोल लिटरको १८१,डिजेल र मट्टितेलको १७८ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ ।