September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम सम्पन्न

२०७९ पुष २

718

काठमाडौंः महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चाले काठमाडाकोै रामहिटीमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महावीर विश्वकर्माद्धारा लिखित कविताहरु वाचन गरिएको थियो भने उनको जीवनीमा आधारित भिडियो सामग्री र गीत समेत प्रस्तुत गरिएको थियो ।

रामहिटीस्थित साहित्य सदनको भवनमा भएको उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ,सह संयोजक शान्ति गजमेर,सचिवालय सदस्य मदन प्रभात,कलाकार लक्ष्मी बर्देवा,राष्ट्रिय दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन नेपाली लगायत विभिन्न व्यक्तिहरुले उक्त कार्यक्रममा सम्बोधन गर्दै महावीर विश्वकर्मालाई स्मरण गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङले वैचारिक रुपमा समाजवादी भयौं भने मात्र महावीर विश्वकर्माको स्मरण गर्नुको अर्थ हुने बताएका थिए ।‘वैचारिक रुपमा समाजवादी,व्यवहारिक रुपमा भौतिकवादी भएमा मात्र महावीर विश्वकर्माको स्मरण गर्नुको अर्थ हुनेछ ।’ उनले भने, त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य मदन प्रभातले शोकलाई शक्तिमा बदलेर महावीर विश्वकर्माको क्रान्तिकारी यात्रा कसरी अगाडी बनाउने भन्ने विषयमा संकल्पित हुनुपर्ने बताएका थिए ।