September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

गण्डकीका प्रदेश सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै

२०७९ पुष १४

680

काठमाडौंः गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएको छ । शपथ ग्रहण आज दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश संसदको अधिवेशन आह्वान गरेका छन् ।