September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

क्यालिफोर्नियामा गोली चल्दा ६ महिने बच्चासहित ६ जनाको मृत्यु

२०७९ माघ ३

300

काठमाडौंः क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान रहेको छ । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी बोउडरेउक्सका अनुसार अभियुक्तले एउटा घरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १६ वर्षीया आमा र उनको ६ महिनाको बच्चा रहेको उनले बताए । यो परिवारलाई जानाजानी निशाना बनाइएको र आक्रमणमा एउटा गिरोह संलग्न रहेको देखिन्छ। एक हप्ता अघि पीडितको घरमा लागूऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।