September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सुदूरपश्चिममा सभामुख चयनका लागि आज तेस्रो पटक निर्वाचन हुँदै

२०७९ माघ ३

520

काठमाडौंः सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो । सभामुख चयन हुन नसकेपछि मंगलबार फेरि निर्वाचन हुन लागेको हो ।

यसअघि पुस २८ गते र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । प्रदेश सभामुख पदका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् ।

्पुस २८ गते भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक।एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । पुस ३० गते भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसेको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।