September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै

२०७९ माघ ३

802

काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार संसदबाट विश्वासको मत लिने भएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मंगलबार विश्वासको मत लिने भएको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

मंगलबार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेको हो । उनलाई नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहेको छ ।