September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाए विश्वासको मत

२०७९ माघ ३

730

काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन् । नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकबाट विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री जमकट्टेलको पक्षमा १०५ मत परेको थियो । बाग्मती प्रदेश सभामा ११० सदस्य रहेकोमा मतदानमा आजको बैठकमा १०९ सदस्य उपस्थित रहेका थिए । बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन्।