September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

हेलिकप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्रीसहित १६ जनाको मृत्यु

२०७९ माघ ४

288

काठमाडौंः युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।

मृत्यु हुनेमा २ जना बालबालिका रहेका भने १० जना बालबालिकासहित २२ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । दुर्घटनामा परेको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।