September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सोमालियामा सेनाको कारबाहीमा ३० जना लडाकुकाे मृत्यु

२०७९ माघ ८

268

एजेन्सी :  सोमालियामा अमेरिकी सेनाले गरेको कारबाहीमा ३० जना विद्रोही लडाकुकाे मृत्यु भएकाे छ ।

अल शबाबको पकड रहेकोे गलकाड शहरमा अमेरिकी र अफ्रिकी कमाण्डमा रहेको संयुक्त सेना र विद्रोही लडाकुबीच भिडन्त हुँदा ३० जनाकाे मृत्यु भएकाे हाे । गत वर्ष सोमालियामा अमेरिकी सैनिक पुनः तैनाथ गरिएपछि अमेरिकी र सोमाली सेनाले आतंकवाद विरोधी कारबाही गर्दै आएका छन् ।

सन् २०२० मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ तैनाथ अमेरिकी सेनालाई फिर्ता बोलाउनुभएको थियो । सोमालियाको आतंकवादी समूह अल सबाबले पछिल्लो समय अलकायदासँगको समन्वयमा आतंकवादी हमला गर्दै आएको छ ।

गत अक्टोबरमा अमेरिही सेनाको कारबाहीमा अल शबाबका २ जना सदस्य र १७ जना लडाकुकाे मृत्यु भएपछि आतंकवादी हमलालाई तीब्रता दिएको हो ।