काठमाडौंः बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक ०.६३ प्रतिशतले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।
नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो । बैंकिङ उपसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।