September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

एमबाप्पे चम्किँदा पीएसजी ७ शून्यले विजयी

२०७९ माघ १०

404

काठमाडौंः शानदार जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा एमबाप्पे चम्किँदा पाएस डी कासेलमाथि ७–० गोल अन्तरले विजयी हुँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । खेलको २९, ३४ र ४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका एमबाप्पेले ५६ र ७९ औं मिनेटमा थप दुई गोल गरेका हुन् । पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडीको रुपमा एमबाप्पेले नामसमेत लेखाएका छन् । अन्य दुई गोल नेयमार र सोलेरले गरेका थिए ।