September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

प्रदेश १ मा ६ महिनामा १९ प्रतिशत मात्रै पूजीँगत खर्च

२०७९ माघ १३

526

काठमाडौंः प्रदेश १ सरकारले चालुआर्थिक वर्षको ६ महिनामा जम्मा १९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९।०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुँजीगत तर्फको २२ अर्ब ९९ करोडको बजेट मध्ये पछिल्लो ६ महिनाको अवधिमा ४ अर्ब ४३ करोड १६ लाख मात्र खर्च गरेको हो । यो खर्च १९.२७ प्रतिशत मात्रै हो ।

चालुतर्फ प्रदेश सरकारले १६ अर्ब ७३ करोड ८९ लाख बजेट विनियोजन गरेको थियो । जसमा पाँच अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा चालु र पुँजीगत खर्च गरी जम्मा ९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको आन्तरिक आम्दानी पनि निराशाजनक छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार राजस्व बाँडफाँटबाट आर्थिक वर्षमा ११ अर्ब ८८ करोड २४ लाख उठ्ने अनुमान थियो तर ६ महिनामा ३ अर्ब १४ करोड ८९ लाख १० हजार मात्रै संकलन भएको छ । संघीय सरकारबाट १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ अनुदान आउने अनुमान छ । पछिल्लो छ महिनामा ४ अर्ब ६८ करोड ९९ लाख ६६ हजार मात्रै आएको छ ।