September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य,सर्वसाधारण महंगीको मारमा

२०७९ माघ २४

316

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ। निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ। हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ छ।

निगमले भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक १५।१५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिसंगै सर्वसाधारणहरु भने झनै महंगीको मारमा धकेलिएका छन् । । पेट्रोलियम पदार्थको मुल्यवृद्धि हुँदा हरेक उपभोग्य वस्तुहरुको मुल्यमा वृद्धि हुनु स्वभाविक नै हुने गर्दछ । तर, यसले गर्दा समाजको पिँधमा रहेका श्रमजीवी वर्गलाई भने जीवनयापन नै गर्न मुस्कील बनाउने अवस्थामा पुर्‍याएको छ । नाफामा रहेर पनि सरकारलाई तिनुपर्ने कर देखाउँदै नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मुल्य बढाउँदै आएको छ । जसले गर्दा सरकार र नेपाल आयल निगम देशका जनताप्रति जिम्मेवार नरहेको स्पष्ट रुपमा देख्न सकिन्छ ।