September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

२०७९ फाल्गुन १

288

काठमाडौंः नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । काठमाडौंस्थित याक एन्ड यती होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७।७ जनाको टोली उपस्थित रहेको थियो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन् । उनले अब नेपालका परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्नेछन् ।