September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

२०७९ फाल्गुन २

254

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र विदेश सचिव क्वात्राबिच भेटवार्ता भएको हो ।

नेपाल–भारत सचिवस्तरीय उच्च सयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले हिजो राष्ट्रपति बिद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले आज एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता राउतलगायतसँग भेटवार्ता गर्दैछन ।