September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

जात व्यवस्था उन्मुलन मोर्चा रुपन्देहीको दोस्रो भेला सम्पन्न

२०७९ फाल्गुन २

784

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,रुपन्देही जिल्लाको दोस्रो भेला मंगलबार सम्पन्न भएको छ । रुपन्देहीको बुटवल स्थित मिलनचोकमा जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका सचिव प्रेमकुमार गैरे,मोर्चाका लुम्बिनी प्रदेश संयोजक डोलराज विश्वकर्मा,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,लुम्बिनी प्रदेश संयोजक लछुराम विश्वकर्मा, पार्टी केन्द्रीय सदस्य शशि विश्वकर्मा र शकुन्तला गैरेको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले भगवती नेपालीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । सदस्यहरुमा खेम लाम्गादे,सन्ध्या वि.क.,विष्णु वि.क.,सिमा बराल,सन्तोष रुचाल,हेमा सुनार(क),हेमा सुनार (ख) र प्रेम सुनार रहेका छन् ।