September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बैंकहरुले ज्यादती गरेको भन्दै व्यवसायी सडकमा

२०७९ फाल्गुन ५

486

काठमाडौंः नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघसंस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थका कारण व्यवसायीहरू आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरूको गुनासो छ ।

 

उनीहरूले सहुलियत कर्जाको सिमा बढाउ, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको ब्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ ब्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए । उनले आफुहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । उनले बैंकहरूले सोझै दमन गरेको र अन्याय हुँदा पनि सरकार मौन बसेको गुनासो गरे । आफ्ना मागहरूका विषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको व्यवसायीहरूले जनाएका छन् ।