September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

प्रहरी चौकीमा आक्रमण हुँदा पाकिस्तानमा तीन सुरक्षाकर्मीसहित चारको मृत्यु

२०७९ फाल्गुन ६

592

काठमाडौं: पाकिस्तानको कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । दक्षिणी सहर कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा तीन सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बन्दुकधारीले प्रहरी चौकीमा प्रवेश गरेर आक्रमण गरेको बताइएको छ । सो क्रममा सुरक्षाकर्मीले प्रतिकार गर्दा केही घाइते भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

दुई सुरक्षाकर्मी आत्मघाती विस्फोटमा र अन्य दुई जना बन्दुकधारीको आक्रमणमा मारिएको सरकारी अधिकारीहरुको भनाइ छ । विस्फोटको पाकिस्तानी तालिवानी भनिने तहरीक ए तालिवान पाकिस्तान ९टीपीए०ले घटनाको जिम्मेवारी लिएको छ । राष्ट्रपति आफी अल्वीले पाकिस्तानको मुख्य व्यापारीक सहरमा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

गत नोभेम्बरदेखि पाकिस्तानी तालिवानीले सरकारसँगको एक महिने युद्धविराम एकतर्फी रुपमा समाप्त भएको घोषणा गरेसँग आक्रमण र विस्फोटका घटना वृद्धि हुन थालेका छन् । उत्तरपश्चिम सहर पेसावरको एउटा मस्जिदमा प्रहरीको भेसमा आत्मघाती विस्फोटमा एक सय भन्दा बढीको मृत्यु भएको केही हप्ता पछि कराँचीका सुरक्षा चौकीहरुमा आक्रमण हुन थालेको हो ।