September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

‘छुकछुक छुकछुक’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

२०७९ फाल्गुन ६

1.5K

काठमाडौंः जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  शनिबार ओ.एस.आर युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो ।

रायमाझीको रचना तथा संगित रहेको सो गीतमा सुरज पण्डितको आवाज रहेको छ । त्यस्तै संगीत संयोजनमा आभास श्रेष्ठ, मिक्सिङमा फिरोज बज्रचार्य,टुङ्गनामा छेवाङ तेन्जिङ योन्जन,मुर्चुङ्गामा हिरण राई,मादलमा पोषण घर्ती मगर,बाँसुरीमा रत्न विश्वकर्मा र सारङ्गीमा धर्म गन्धर्व रहेका छन् ।

मल्लाज प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको उक्त म्युजिक भिडियोको कथा/निर्देशन केदार श्रेष्ठले गरेका छन् भने कार्यकारी निर्मातामा भानुभक्त थापा रहेका छन् । स्वयम मास्के मानन्धरको छायांकन रहेको छ भने सम्पादन प्रतिक सिंले गरेका छन् ।

म्युजिक भिडियोमा सुरज पण्डित,सबिना गोपाली,सेबिता अधिकारी,शंकर भण्डारी,शक्ति राई,रेजिना बस्नेत,होम बहादुर आचार्य,अदिति आचार्य लगायतको अभिनय रहेको छ ।

विशेष गरी म्युजिक भिडियोमा देशमा भएका बेथितिले गर्दा लाखौँ युवाहरु रोजगारीकै लागि विदेशिनु पर्ने अहिलेको अवस्था रहेको यथार्थलाई प्रस्तुत गरेको छ । साथै विदेशमा पलायन भएका युवाहरुलाई नेपालमै आएर यहाँ भइरहेका बेथितिहरु विरुद्ध आवाज उठाउन आह्वान समेत गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: