September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट

२०७९ फाल्गुन ८

274

काठमाडौंः सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार २३.६० अंकले घटेर बजार परिसूचक २ हजार ४६.८१ को बिन्दुमा आइपुगेको छ । सोमबार २५८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य बढेको र ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

३८ हजार ४१५ कारोबार मार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन् । सोमबार बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसबाहेक दोर्दी खोला, एनएमबी हाइब्रिड फण्ड लगायतका कम्पनीका लगानीकर्ताले नाफा कमाए । जीवन विकास लघुवित्त, उपकार लघुवित्त र हिमालयन डिष्टिलरीका लगानीकर्ताले बजारबाट धेरै गुमाए ।