September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मंगलबार सुनको मुल्यमा सामान्य गिरावट

२०७९ फाल्गुन ९

284

काठमाडौंः नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि सोमबार यसको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा कारोबार भइरहेको छ ।