September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बागमती प्रदेशमा राप्रपाले आजै सरकार छाड्ने

२०७९ फाल्गुन १३

570

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले आजैबाट सरकार छाड्ने घोषणा प्रदेशसभाको बैठकमा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री थापाले सरकारबाट अलग भएर अर्को बैठकबाट प्रतिपक्षमा बस्ने घोषणा गरेका हुन् । उनले औपचारिकरुपमा प्रदेशका मुख्यमन्त्रीलाई सामूहिकरुपमा आजै राजीनामा बुझाउने बताए । उनका अनुसार प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्नेछ ।

उनले सत्तापक्षमा रहदाँसमेत अपहेलित हुन परेको भन्दै दुःख व्यक्त गरे । राप्रपाले संविधान विपरीतका कुनै पनि कदम नचालेको उनले दाबी गरे । संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण राप्रपाको एजेन्डा भएको उनले बताए । राप्रपाले सरकारमा गएर पनि यिनै मुद्दाहरुमा काम गर्ने योजना बनाएको र वर्तमान अवस्थाको राजनीतिक घटनाक्रमका कारण आफूहरु सरकार छाडन् बाध्य भएको उनले बताए ।

जनताको मागलाई सम्बोधन गर्दै संघीयता खारेजीको वकालग गर्दै आएकोमा सरकारको नेतृत्वकर्ताले संविधानको बर्खिलाप भएको भन्दै स्पष्टीकरण सोध्नु गलत भएको उनले बताए । आगामी दिनमा पनि सरकारमा आउने मन्त्री र पदाधिकारीलाई सहयोग गर्दै संघीयता खारेजीको माग निरन्तर गर्ने उनको भनाइ छ । प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् ।