September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

जात व्यवस्था उन्मुलन मोर्चा,कास्कीको दोस्रो भेला सम्पन्न

२०७९ फाल्गुन १५

2.7K

काठमाडौंः जात व्यवस्था उन्मुलन मोर्चा,कास्की जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ। भेलामा उपस्थितहरुको अनुमोदनले संयोजक राम बहादुर सुनार विश्वकर्मा, सचिव विना परियार र सदस्यहरुमा ओम प्रसाद, याम रामदाम, अनिषा परियार, टंक विश्वकर्मा, नरमाया विश्वकर्मा,धनकुमारी सुनार, नन्दलाल सुनार, यम देबि सुनार, चनमाया गोतामे,वेग बहादुर श्रीपाली, अमृत विश्वकर्मा र हरिकला शर्मा रहेको समिति गठन भएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा कास्की जिल्लाको जिल्ला भेलामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपालका सचिवालय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा केन्द्रिय संयोजक राजकुमार हिङमाङ, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी गण्डकी प्रदेश संयोजक विनोद सोनाम, केन्द्रिय सदस्य याम रसाइली र प्रवास संगठन विभाग प्रमुख प्रेम बर्देवाको उपस्थित रहेकोे थियो ।

हाल सम्म गण्डकी प्रदेश अन्तर्गतका जिल्ला लमजुङ, गोर्खा, तनहुँ, कास्की र स्याङ्जा जिल्लाको भेला सम्पन्न गरि समिती गठन गरिएको छ। प्रदेश अन्तर्गतका बाँकी जिल्लाहरु पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर, मनाङ र मुस्ताङ भेलाको तीव्र तयारी हुँदैछ।