September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मंगलबार सेयर बजारमा सामान्य गिरावट

२०७९ फाल्गुन १६

294

काठमाडौंः साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अङ्कले घटेर ३८१।९३ विन्दुमा पुगेको छ । यसैगरी सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसूचकमा ३।६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ ३८ करोड रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ७ करोड ५५ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी शिवम् सिमेन्टको ६ करोड ५० लाख भन्दाबढीको कारोबार भएको छ । मंगलबार उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ।

आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।