September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

वसन्तको आगमनसँगै फूलेका फूलहरू (फोेटो फिचर)

२०७९ फाल्गुन १७

2.5K

काठमाडौंका: काठमाडौंका सडक वरपर यतिबेला सेता, गुलाबी र रातो रङका फूलले रंगीचंगी देखिएका छन् । सडकका दायाँबायाँ रोपिएका आरु प्रजातिका बोटमा फूल फुल्न थालेसँगै काठमाडौं सहरलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ । नेपालमा १५ किसिमका आरु प्रजाति पाइन्छन् । केही फल र केही बोट सजावटका लागि प्रयोग गर्ने गरिएको छ । वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । शिशिर र ग्रीष्म ऋतुको बीचमा आउने वसन्त ऋतुको आगमनसँगै जताततै हरियालीका र फूलहरु फुलेका देखिन्छन् । न त धेरै गर्मी न त धेरै जाडो हुने वसन्त ऋतुलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रुपमा लिइन्छ । उजाड प्रकृतिलाई यो ऋतुले फक्राइदिन्छ ।

थप तस्बीरहरूः