September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सुनको मूल्यमा सामान्य वृद्धि,चाँदी भने स्थिर

२०७९ फाल्गुन १८

284

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रुपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।