September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

दूधको मूल्य नौ रुपैयाँ बढाइयो,उपभोक्तालाई लिटरमै ६५ रुपैयाँ पर्ने

२०७९ फाल्गुन १९

298

काठमाडौंः सरकारले दूधको मूल्य एकै पटक नौ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । कृषि तथा पशुपंक्षी मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले प्रतिलिटर ९ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । ुअहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा छ। आज कृषि मन्त्रालयले पठाएको प्रस्तावअनुसार ९ रुपैयाँ बढेको जानकारी आएको छ,ु ती अधिकारीले भने।

योसँगै अब एक लिटर दूधको उपभोक्ता मूल्य ६५ रुपैयाँ पुगेको छ । हरेक दुई वर्षको मूल्य समायोजन गरिने बताइए पनि सरकाले पछिल्लो एकै वर्षमा दुई पटक दूधको मूल्य बढाएको छ।