September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

चिनियाँ संसद जनकंग्रेसको वार्षिक बैठक सुरू

२०७९ फाल्गुन २१

286

एजेन्सी :  चिनियाँ संसद जनकंग्रेसको वार्षिक बैठक सुरु भएको छ । राजधानी बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा आइतबार सुरु भएको बैठकबाट राष्ट्रपति सी जिनपिङले १० वर्षमा गर्न लागेको सबै भन्दा ठूलो नीतिगत परिवर्तनलाई अनुमोदन गर्ने भएको हो । बैठकको उद्घाट्न गर्दै बिदा हुन लाग्नु भएका प्रधानमन्त्री ली खछियाङले यस वर्ष मध्यमखालको अर्थात ५ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण बैठकमा गर्नुभयो ।

ली को भाषणमा यस वर्ष १ करोड २० लाख शहरी क्षेत्रको रोजगारी सिर्जना गर्ने घोषणा पनि गरिएको छ । कोभिडका कारण गत वर्ष कुल गाह्रस्थ उत्पादन ३ प्रतिशत मात्रै भएको पनि प्रधानमन्त्री लिले स्वीकार्नुभएको छ । यो बैठकबाट उल्लेख्य मात्रामा बढाइएको रक्षा बजेटसहितको वार्षिक बजेटलाई पनि अनुमोदन गर्नेछ ।

साथै राष्ट्रपति सीले प्रस्तुत गर्ने आर्थिक तथा सामाजिक सुधारका कार्यक्रमलाई पनि अनुमोदन गर्ने भएको छ । संसदको यही अधिवेशनबाट सांघाइका पार्टी प्रमुख रहनुभएका ली छियाङलाई प्रधानमन्त्री चयन गर्ने सम्भावना छ । जनकंग्रेसको बैठक यहि मार्च १३ सम्म चल्ने भएको छ ।