September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

कोसी नामाकरण खारेजीको माग गर्दै प्रदेश १ मा बन्द आह्वान

२०७९ फाल्गुन २५

708

काठमाडौंः कोसी प्रदेश नामकरणविरुद्ध बन्द आह्वान गरिएको छ । कोसी नामाकरण खारेजीको माग गर्दै आज बन्द आह्वान गरिएको हो । प्रदेशको स्वस्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिने संयुक्त संघर्ष समितिले जनाएको छ । उक्त समितिका संयोजक माया राईले बहुसंख्यक जनताको माग र भावनाना विपरीत प्रदेशको नामाकरणविरुद्ध बन्द आह्वान गरिएको राईले बताईन् । प्रदेश–१ को नाम पहिचानको आधारमा हुनुपर्ने, प्रदेशका बहुसंख्यक जातजातिको भाषा, संस्कार, संस्कृति र भूगोललाई समेट्ने पहिचानविपरीत कोसी नामाकण गरिएको भन्दै बन्द आह्वान गरिएको छ ।

त्यस्तै भिम किराँतीको संयोजकमा बुद्धिजीवी तथा स्वतन्त्र नागरिक समाज संयुक्त संघर्ष समितिले गत शुक्रबार स्थानीय सरकारलाई प्रेस विज्ञप्ती बुझाउँदै भोलि बन्द आह्वान गरेको छ । उक्त संघर्ष समितिले गत माघ १७ को प्रदेश सभा बैठकले पारित गरेको नाम कोसी प्रदेश प्रदेशबासीले अस्वीकार गरेको भन्दै तत्काल खारेजीको माग गरेको छ । संघीयताको भावना अनुरुप ऐतिहासिक सभ्यता र पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने संघर्ष समितिको जोडदार माग छ ।