September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

लघुवित्त संस्थाहरुले  ज्यादती गरेको भन्दै विरोध प्रदर्शन

२०७९ फाल्गुन ३०

246

काठमाडौं । काठमाडौंमा लघुवित्त संस्थाहरुले  ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।

माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनकारीले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।