September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

उपराष्ट्रपति यादवलाई भारतका उपराष्ट्रपति तथा राज्यसभाका अध्यक्ष जगदीपको बधाई

२०७९ चैत्र ६

254

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।

उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जाल ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन् ।

उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख छ ।

यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।