September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

२०७९ चैत्र १२

766

काठमाडौं ।  चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा  सम्बन्ध स्थापना गरेको हो ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गर्नुभएको छ । चीनले तेगुसिगल्पाको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ ।

होन्डुरस र ताइवानले औपचारिक रूपमा एकआपसको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै तेगुसिगल्पा र बेइजिङबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । विश्वका १४ सार्वभौम राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम गरेको  ताइवानलाई अब भ्याटिकन सिटीलगायत १३ देशले मात्र मान्यता दिएका छन् ।