September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

गायिका पुजा तामाङ अभिनित म्युजिक भिडियो ‘पाल्मो’ सार्वजनिक

२०८० बैशाख १६

1.1K

काठमाडौंः सिन्धुपाल्चोक जिल्लाबाट तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै गरेकी गायिका पुजा तामाङ अभिनित पहिलो नयाँ तामाङ सेलो “पाल्मो” को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रबार गायिका पुजा तामाङको आफ्नै युट्युब च्यानलबाट उक्त सेलो गीत सार्वजनिक गरिएको हो।

युवा गायक तथा संगीतकार सुशील तामाङको शब्द, संगीत रहेको यस गीतमा गायिका पुजा बम्जनको आवाज रहेको छ । भिडियोतर्फ भने अजय स्याङतानले निर्देशन तथा कोरियोग्राफी गरेको म्युजिक भिडियोमा तामाङ नायक तथा मोडल इश्वर तामाङले पनि अभिनय गरेको छ।

म्युजिक भिडियोको छायांकन विक्रम लामा मोक्तानको रहेको छ । सहायक कोरियोग्राफरमा नरेन मोक्तान कलरग्रेडिङ राजेन्द्र मोक्तान र पोष्टर विष्णु खड्काले तयार पारेका हुन् । त्यस्तै गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् भने गीतको मिक्सिङ तथा मास्टरिङ दिपेश प्रधानले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः