September 5, 2024, Thursday
२०८१ भाद्र २०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न

२०८० बैशाख १९

716

काठमाडौंः बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार भर्चुअल माध्यम मार्फत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा र संस्थाका अध्यक्ष रविप्रताप घिसिङको सभापतित्वमा दक्षिण कोरियाको राजधानी सउलमा उक्त अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले भवानी प्रसाद (बि. पि) पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काभ्रेका नवराज तिमिल्सिना,उपाध्यक्षमा चितवनका सागर सापकोटा, दोलखाका रेशम अधिकारी र महिला उपाध्यक्षमा सुश्मा थापा निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा मकवानपुरका सुरेश थिङ,सचिवमा सिन्धुपाल्चोकबाट ताराचन्द्र आचार्य, काभ्रेबाट सुमन चौलागाईं निर्वाचित भएको छ । त्यस्तै अधिवेशनले दोलखाकी जयन्ती शर्मा घिमिरेलाई कोषाध्यक्षमा चुनेको छ भने धादिङका पुर्ण बहादुर प्रधान सहकोषाध्यक्षमा चुनिएका छन् ।

प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला समितिबाट एकएक जना जिल्ला संयोजक कार्यसमिति सदस्य रहने विधानको व्यवस्था अनुसार धादिङबाट अमर घले, काभ्रेबाट केशव मान लामा, दोलखाबाट कुन्जन थापा र रामेछापबाट पदम बहादुर थापामगर मनोनित भएका छन् । बाँकी जिल्लाहरुबाट नाम प्राप्त भएपछी सल्लाहकारहरु र विधान बमोजिमका बाँकी सदस्यहरु कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने जनाएको छ ।

बागमती प्रदेश एकता समाज दक्षिण कोरिया, कोरियामा रहेका बागमती प्रदेस अन्तर्गतका जिल्लागत संस्थाहरुको छाता सङठन हो । यसको स्थापना २०१८ मा भएको थियो ।