September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

आदिवासी विश्वविद्यालय स्थापनाः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० जेष्ठ १४

846

काठमाडौंः आदिवासी विश्वविद्यालय स्थापनाः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा नेपाल मगर विद्यार्थी संघको शैक्षिक विभाग र नेपाल मगर विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल मगर विद्यार्थी संघ शैक्षिक विभाग प्रमुख याम बहादुर रोकामगरको सभाध्यक्ष तथा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा एक जना अवधारणा पत्र प्रस्तोतासहित ६ जना टिप्पणीकारहरु रहेका थिए । जस अनुसार अवधारणा पत्र प्रस्तोताका रुपमा डा. विष्णु सिजांलीमगर रहेका थिए भने टिप्पणीकारहरुमा डा. श्यामु थापामगर,डा. एल.बि पुनमगर,डा. एक बहादुर रानामगर,डा. छविलाल चिडीमगर,झकेन्द्र घर्तीमगर,गौ बहादुर आलेमगर र बल बहादुर घर्ती मगर रहेका थिए । त्यस्तै कार्यक्रमको उद्धेश्यका बारेमा नेपाल मगर विद्यार्थी संघका अध्यक्ष चित्र बहादुर पुलामीमगरले प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा डा. विष्णु सिजाँलीमगरले आदिवासी विश्वविद्यालय स्थापनाः सम्भावना र चुनौतीका विषयमा प्रस्तुत गरेको अवधारणा पत्रमा टिप्पणीकारहरुले टिप्पणी गरेका थिए । अधिकांश टिप्पणीकारहरुले नेपालमा आदिवासी विश्वविद्यालय स्थापनाको आवश्यकता र सम्भावना रहेको टिप्पणी गरेका थिए तर स्थापनाका निम्ति राज्यले कुनै पनि किसिमको सहयोग नगरेका कारण विश्वविद्यालय स्थापना गर्नका लागि चुनौती रहेको उनीहरुको भनाइ थियो । त्यस्तै केही टिप्पणीकारहरुले नेपालमा रहेका आदिवासी समुदायका ज्ञान,सीप र कलालाई संरक्षण एवं संवर्धन गरी मुलुककै अर्थतन्त्रमासमेत टेवा पु¥याउनका लागि सम्पूर्ण आदिवासी समुदायहरु एकजुट भएर राज्यलाई आदिवासी विश्वविद्यालय स्थापनाका निम्ति खबरदारी गर्नुपर्ने टिप्पणी गरेका थिए ।

पूरा भिडियो हेर्नुहोस्ः