उचित वातावरण सिर्जना नभएको भन्दै चीनद्वारा अमेरिकी फोन अस्वीकार
चीनको रक्षा मन्त्रालयले कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि अमेरिकाले वार्ता र आदानप्रदानका लागि ‘उचित वातावरण सिर्जना नगरेको’ भन्दै अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोनलाई अस्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता तान केफेईले बिहीबार ढिलो जारी गरेको विज्ञप्तिमा अमेरिकी कारबाहीले ‘गम्भीर रूपमा अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन गरेको र विनाशकारी उदाहरण स्थापित गरेको’ बताए । “अमेरिकाको यो...