उपराष्ट्रपति यादवलाई भारतका उपराष्ट्रपति तथा राज्यसभाका अध्यक्ष जगदीपको बधाई
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् । उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जाल ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन् । उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख छ । यही चैत...