एक्काइसौं शताब्दीको समाजवादको लागि नयाँ मार्गहरु
लेखिकाः मार्ता हार्नेकर अनुवादकः रमेश सुनुवार परिचय मैले यो पुस्तक राष्ट्रपति ह्युगो चाभेजको देहावसान भएको एक महिनापछि पूरा गरेकी थिएँ । वहाँको ल्याटिन अमेरिकामा हस्तक्षेपबिना यो पुस्तकको लेखन हुनै सक्दैनथ्यो । तपाईंले यहाँ जे पढ्नुहुनेछ, त्यो अधिकांश कुनै न कुनै रुपमा उही बोलिभारियन नेतासँग, वहाँका विचार र कार्यसँग जोडिएको छ, जुन भेनेजुएलाभित्रका तथा क्षेत्रीय र...