नेपाली बक्सिङ खेलाडी सुष्मा फाइनलमा
काठमाडौं : नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् । बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् । फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गरेकी छिन् । अब स्वर्ण पदकका सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग...