September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

व्यवस्थापन बिना नै काठमाडौंका सुकुम्बासी बस्ती हटाउन चेतावनी

२०७९ कार्तिक २५

630

काठमाडौं: बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदी किनारमा रहेको सुकुम्बासी बस्तीहरु हटाउने सूचना जारी गरेको छ । शुक्रबार एक सुचना जारी गर्दैै समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण गरिएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको छ ।

समितिले उक्त अवधि भित्र नदी किनारा खाली नगरेमा र मिति सकिए पश्चात काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरुसँगको सहयोग लिएर भत्काउने बताएको छ । सुचना अनुसार अनाधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

उक्त सुचना र चेतावनी संगै यत्तिबेला सुकुम्बासीहरुलाई भने आफ्नो ओत लाग्ने ठाउँ नै खोसिने चिन्ताले पिरोल्न थालेको छ । चुनावका बेलामा सुकुम्बासीहरुलाई व्यवस्थापन गर्छौं भनेर चुनाव जितेका जनप्रतिनिधिहरुले नै व्यवस्थापन गर्नुको साटो उल्टै विस्थापन गर्न खोज्दा सहरका नदी किनारमा बस्दै आएका सुकुम्बासीहरुलाई ठुलो संकट नै आईपरेको छ ।

 

सिंगो मुलुककै समस्याको रुपमा देखा परेको सुकुम्बासी समस्यालाई उचित व्यवस्थापन गर्नुको साटो सत्ता र शक्तिको आडमा सुकुम्बासीहरुको ओत लाग्ने ठाउँ नै खोस्न लाग्दा यत्तिबेला बागमती एकीकृत विकास समितिको विरुद्ध विरोधका आवाजहरु पनि उठिरहेका छन् । यसअघि देखि नै फुटपाथ व्यापारीहरुलाई हटाउने काठमाडौं महानगरपालिकाको अभियान विरुद्ध पनि निक्कै आलोचना हुँदै आइरहेको छ ।